क्रोएसिया विश्वकपमा छनोट


काठमाडाैँ। क्रोएसिया विश्वकप २०२६ मा छनाेट भएकाे छ। शुक्रबार राति युरोपेली छनोटमा फारो आयरल्यान्डलाई ३–१ ले हराउँदै छनाेट भएकाे हाे।

फारोले जेजा डेविडको गोलले अग्रता लिएपछि क्रोएसियाका लागि जोस्को ग्रारिडोल, पिटर मुसा र निकोला भ्लासिचले गोल गरे।

सन् २०१८ विश्वकप उप–विजेतालाई अब समूह ‘एल’ मा कसैले उछिन्न सक्ने छैन्। यसै समूहका मोन्टेनेग्रोले जिब्राल्टरलाई ३–१ ले हरायो। यस्तै नेदरल्यान्ड्स पनि छनोटको नजिक पुगेको छ। समूह ‘जी’ मा पोल्यान्डले नेदरल्यान्ड्सलाई १–१ को बराबरीमा रोकेको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको