काठमाडौं। कर्णाली यश्विस लगातार दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग च्याम्पियन बनेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलमा शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्वियन्सलाई ३-२ को सेटमा पराजित गरेकाे हाे
पहिलो सेट, २६-२४, दोस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको कर्णालीले तेस्रो सेट १३-२४ र चौथो सेट १७-२५ ले गुमाएको थियो। तर, पाँचौं सेटमा कर्णालीले १५-८ ले बाजि मर्यो।
पाँचौं सेटमा पहिलो अंक जोडेको ललितपुर त्यसपछि खेलमा सम्हालिन सकेन। त्यसपछि कर्णालीले लगातार खेलमा ७ अंक जोड्न सफल भयो। ८-२ को अबस्थामा पाँचौं सेटको खेलमा कर्णालीले कोर्ट परिवर्तन गर्न सफल भयो। कोर्ट परिवर्तन गरेपछि पनि पहिलो अंक जोडेको ललितपुर पुन: सम्हालिन सकेन।
कर्णाली लिगका सबै खेलमा जित हासिल गर्दै फाइनलमा पुगेको हो। कुमार राईको प्रशिक्षणमा रहेको कर्णालीले यो सिजन पनि शानदार प्रदर्शन काय राख्यो।
यता, उत्सव खड्काको प्रशिक्षणमा रहेको ललितपुरले लिगको अन्तिम खेलमा कर्णालीसँगै ३-२ को सेटमा पराजित भएको थियो। उनकै नेतृत्वमा रहेको टिम दोस्रो सिजन पनि फाइनलमा कुमार राईको टिमसँग पराजित भयो।


