काठमाडाैँ। राराहिल चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ।
राराहिलले भ्याली भ्यूलाई ६०–५७ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो। राराहिलका नोजा महर्जनले २० अंक जोडे। यसअघि आयोजक पुष्पसदन, रेडियन्ट पब्लिक र निःसर्ग वाटिकाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।
गल्र्सको थ्री बाइ थ्रीमा प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ। प्रिक्वाटरफाइनल न्यु जेनिथ र पुष्पसदन ‘बी’, द एक्सेल्सियर स्कुल र जेसिस, सेन्ट मेरिज र लिटिल एन्जल्स ‘बी’ तथा स्वर्णिम र क्याम्पियनबीच हुनेछ। अन्य प्रिक्वाटरफाइनलमा मेगसले केसेस ‘ए’, एलआरआईले पुष्पसदन ‘ए’, मंगलले निःसर्ग वाटिका ‘बी’ र निःसर्ग ‘ए’ ले राराहिलको सामना गर्ने छन्।


