काठमाडाैँ। कर्णाली यश्विसलाई लगातार दाेस्राे सिजन पनि एभरेस्ट महिला भलिबल लिगकाे उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेकी कप्तान सुमित्रा रेग्मी दोस्रो सर्वोत्कृष्ट खेलाडी घाेषित भएकी छिन्।
याे सँगै उनले ५० हजार पाइन्। यस्तै, कर्णालीकै प्रशिक्षक कुमार राई उत्कृष्ट प्रशिक्षक हुँदै २५ हजार प्राप्त गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलमा शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्वियन्सलाई ३-२ को सेटमा पराजित गर्दै प्रतियाेगिताका सबै खेलमा जित दर्ता गर्दै च्याम्पियन बन्न सफल भएकाे थियाे।
निकै राेमाञ्चक बनेकाे फाइनल खेलमा पाँचाैँ सेटमा पुगेर कर्णालीले ललितपुरलाई हरायाे। उपाधिसँगै कर्णालीले १० लाख पाउँदा ललितपुरले ५ लाखमा चित्तबुझायो।
व्यक्तिगत अवार्ड कस्ले के जिते
उत्कृष्ट प्रशिक्षक : कुमार राई (कर्णाली यशविस)
सर्वाेत्कृष्ट खेलाडी : सुमित्रा रेग्मी (कर्णाली यशविस)
उत्कृष्ट सर्भर : साफिया पुन (कर्णाली यशविस)
उत्कृष्ट सेटर : जसना महतो (कर्णाली यशविस)
उत्कृष्ट डिफेन्डर : सलिना श्रेष्ठ (ललितपुर क्विन्स)
उत्कृष्ट ब्लकर : संगम महतो (ललितपुर क्विन्स)
उत्कृष्ट स्पाइकर : उषा भण्डारी (काठमाडौं स्पाइकर्स)


