काठमाडौं। आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) र भ्याली पब्लिकले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। टीआईए ब्वाइज तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन बने।
हात्तीगौडास्थित घरेलु कोर्टमा भएको ब्वाइजको रोमाञ्चक फाइनलमा टीआईएले निम्सलाई ४०–३७ ले पराजित ग¥यो। टीआईएका सुमन नगरकोटीले १५ अंक जोडे। विल्सन एकेडेमी तेश्रो भयो।
गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले चेल्सी वल्र्ड स्कुललाई २५–१५ ले हरायो। भ्याली पब्लिककी लोरिशा गौचनले १२ स्कोर गरिन्। ग्रिनल्यान्ड तेश्रो बन्यो।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुमन र लोरिशा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, टीआईएका निर्देशक कर्मा सोनाम वाङदी शेर्पा, टीआईएकी प्रिन्सिपल निरा प्रधानलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। ब्वाइजमा २४ तथा गल्र्समा १६ गरी ४० टिमले प्रतिस्पर्धा गरेको टीआईएका इसीए÷सीसीए प्रमुख उज्ज्वल रिजालले जनाएका छन्।


