एसियन कप छनोट : नेपाल-मलेसिया भिड्दै


काठमाडौं। एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको छ। मलेसियामा हुने यो खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ।

नेपाल र मलेसियाले हालसम्म आठ खेल खेलेका छन्। तीमध्ये ७ खेलमा मलेसिया विजयी भएको छ भने १ खेल बराबरीमा समाप्त भएको छ।

दुवैको पछिल्लो भेट गत मार्चमा भएको एसियन कप छनोटमै भएको थियो, जसमा मलेसियाले नेपाललाई २–० ले पराजित गरेको थियो।

प्रशिक्षक हरि खड्काको नेतृत्वमा रहेको नेपाली २३ सदस्यीय टोली यसअघि नै मलेसिया पुगेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको