साफ फुटसलमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने


काठमाडौं। साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने भएका छन्।

दक्षिण एसियाली फुटबल महासंघले मंगलबार पुरुष र महिलातर्फ सहभागी सात–सात राष्ट्रको स्थान निर्धारण गरिएको हो।

पुरुषतर्फ नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, भारत र श्रीलंकाले सहभागिता जनाउने छन्। महिलातर्फ बंगलादेश र नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भुटान र भारत रहेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) २०२६ जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा आयोजना हुने तय भएको प्रतियोगिताका लागि विक्रम महर्जन र अनिलबहादुर गुरुङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ।

विक्रमलाई महिला र अनिललाई पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन्। महिला टोलीको सहायक प्रशिक्षकमा नरेश श्रेष्ठ नियुक्त भएका छन्। त्यस्तै, पुरुष टोलीको सहायक प्रशिक्षकमा सरोजकुमार थापा क्षेत्री नियुक्त भएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको