काठमाडाैँ। आयोजक रेडियन्ट पब्लिकले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार जित हात पारेको छ।
स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले निःसर्ग वाटिकालाई १७–१३ ले पराजित ग¥यो। रेडियन्टको जितमा सेजल रोक्काले ५ अंक योगदान गरिन्। सोही स्पर्धामा हिसी ल्हामु लामाको ८ अंक सहयोगमा स्वर्णिमले एलआरआईलाई २४–८ ले हरायो।
सिनियर ब्वाइजमा एलआरआईले राइजिङलाई २५–२३, कश्यपले आयोजक रेडियन्ट ‘बी’ लाई ३६–२८, निःसर्गले नवीन ज्योतिलाई २८–२४ र स्वर्णिमले एलेन मेमोरियललाई २३–१२ ले पाखा लगायो। एलआरआईका सुजल मडईंले १७, कश्यपका इसान तिमिल्सिनाले २१, निःसर्गका सामान्य श्रेष्ठले १२ र स्वर्णिमका निश्चलले ७ स्कोर गरे।
जुनियर ब्वाइजमा विस्डमले केभीसीलाई २३–११, नवीन ज्योतिले कश्यपलाई १३–४ र इडेन ब्रिज एकेडेमी (इबीए) ले निःसर्गलाई ३२–६ ले पन्छाए। विस्डमका साहिलले ११, नवीन ज्योतिका युनिहेस तामाङले ४ र इबीएका प्रसिक श्रेष्ठले १० अंक बटुले।


