काठमाडाैँ। स्वर्णिम र पुष्पसदनले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार जित हात पारेका छन्।
स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको स्कुलमा भइरहेको प्रतियोगितामा स्वर्णिमले जेसिसलाई २०–९ तथा पुष्पसदनले माउन्ट ग्लोरीलाई ३९–१४ ले पराजित गरे। स्वर्णिमकी हिसी ल्हामु लामाले ४ तथा पुपसदनकी मात्रिकाले ८ स्कोर गरे। सोही स्पर्धामा ज्ञानोदय विरुद्धको खेलमा नवीन ज्योति २३–६ ले विजयी भयो। नवीन ज्योतिकी असिना क्षेत्रीले ८ अंक जोडिन्।
सिनियर ब्वाइजमा बेबी एन्जलले आनन्दकुटीलाई २७–४, स्किब्सले एनआईसी एकेडेमीलाई २६–२५, रेडियन्ट रिडर्सले ज्ञानोदयलाई २२–१७ र स्वर्णिमले विस्डमलाई २७–११ ले पाखा लगाए। बेबी एन्जलका अमन गैरेले ५, स्किब्स राज खप्तरीले १२, रेडियन्ट रिडर्सका अरुष शाहले १० र स्वर्णिमका प्रतिक महर्जनले १७ अंक बटुले।
जुनियर ब्वाइजमा पिपुल्स एकेडेमीले ग्रिनफिल्डमाथि २३–४ को सहज जित दर्ता ग¥यो। पिपुल्सका अजय मगरले ७ स्कोर गरे।


