‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई एन्फाको पत्र


काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी राष्ट्रिय लिग तथा सहिद स्मारक ‘ए’ डिभिजन लिगसम्बन्धी विषयमा छलफल गर्न ‘ए’ डिभिजनका क्लब र खेलाडी संघलाई पत्र पठाएको छ।

एन्फाका महासचिव किरण राईले शुक्रबार १४ क्लबका प्रतिनिधि र नेपाल खेलाडी संघलाई पत्र पठाएका हुन्। बैठक मंसिर ७ गते आइतबार बिहान ११:३० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।

एन्फाले आगामी गतिविधि, राष्ट्रिय लिगको आयोजना, लिग व्यवस्थापन, तयारी तथा अन्य योजनसम्बन्धी महत्वपूर्ण अजेन्डा राख्ने भएकाले क्लब अध्यक्ष/महासचिवलाई अनिवार्य रूपमा बैठकमा सहभागी हुन अनुरोध गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको