हिसान तार्केश्वर फुटसल सुरु


काठमाडाैँ। तार्केश्वर हिसानको आयोजना तथा सेक्रेड हार्ट माध्यमिक विद्यालयको संयोजनमा तेश्रो हिसान फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ।

शेषमतिस्थित सेक्रेड हार्टमा भइरहेको प्रतियोगिताको पुरुष दिन ब्वाइज÷गल्र्समा लिग चरणका खेल सम्पन्न भएको सेक्रेड हार्टका प्रिन्सिपल समेत रहेका कार्यक्रम संयोजक बद्रीनाथ भट्टले जनाएका छन्।

ब्वाइजमा कौशल मावि., सृजना ज्ञानसागर मावि., प्रारम्भ वल्र्ड स्कुल र ल्यान्डमार्क एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्। गल्र्समा प्रारम्भ वल्र्ड स्कुल, लालिगुराँस नेसनल एकेडेमी, ल्यान्डमार्क एकेडेमी र हिमरश्मिले सेमिफाइनल यात्रा तय गरे।

सेमिफाइनल र फाइनल प्रतियोगिताको अन्तिम लिन शनिबार हुनेछ । ब्वाइजमा ८ तथा गल्र्समा ७ टिम सहभागी छन्। ‘सर्वाङ्गिण विकासको एउटा पक्ष: खेलकुद’ भन्ने आदर्श वाक्यलाई सम्मान गर्दै प्रतियोगिता मुख्यतः प्रतिस्पर्धी विद्यार्थी र तिनका माध्यमबाट सदस्य विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई अनुशासित, सहयोगी तथा सर्वगुणी बनाउन सफल हुनेछ भन्नेमा हिसान तारकेश्वर पूर्ण आशावादी रहेका छौं।’ आयोजकले जारी गरेको विज्ञतिीमा भनिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको