काठमाडाैँ। ओएसिस, स्किब्स र आयोजक रेडियन्ट पब्लिक ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
ओएसिसले न्यु जेनिथलाई ३२–२२ ले पराजित ग¥यो। ओएसिसको जितमा भिजनले ९ अंक योगदान गरे। सुगम राना मगरको १२ अंक सहयोगमा रेडियन्ट पब्लिकले स्वर्णिमलाई ४७–२० को फराकिलो अन्तरले हरायो। राइजिङ स्टार विरुद्धको खेलमा स्किब्स २५–२४ को साँघरोअन्तरले विजयी भयो। स्किब्सका युनिक थापा मगरले ८ स्कोर गरे।
स्युचाटारमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमै बाल दीक्षा सदनले रेडियन्ट रिडर्स एकेडेमीलाई २५–२२, बेबी एन्जलले निःसर्ग वाटिकालाई ४१–१७, पुष्पसदनले विस्डमलाई ३५–२०, पिपुल्स एकेडेमीले कश्यपलाई ३१–२० र केभीसीले सभ्यता पाठशालालाई ३२–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।
बाल दीक्षाका सइल महर्जनले २०, बेबी एन्जलका आर्यन नगरकोटीले १५, पुष्पसदनका सम्राट लामाले १३, पिपुल्सका वचन मगरले १४ र केभीसीका आरोनलाल श्रेष्ठले ११ अंक जोडे।


