काठमाडौँ। शीर्ष स्थानको रियल मड्रिड स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बराबरीमा रोकिएको छ।
एल्चेको घरेलु मैदानमा आइतबार सम्पन्न खेलमा रियल २-२ गोलको बराबरीमा रोकिएको हो।
खेलमा रियलका लागि डिन हुइजसेन र जुड बेलिङघमले एक गोल गरे। त्यस्तै एल्चेका लागि एलेक्स फेबास र अल्भारो रोड्रीगेजले एक गोल गरे। त्यस्तै खेलको इन्जुरी समयपछि एल्चेका भिक्टर चस्टले रातो कार्ड पाएका थिए।
यो बराबरीसँगै रियलले १३ खेबाट ३२ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ। रियल दोस्रो स्थानको बार्सिलोना भन्दा एक अंकले अघि छ। एल्चेको १३ खेलमा १६ अंकसहित ११औं स्थानमा छ।


