काठमाडौं, मंसिर ८ गते । बेबी एन्जल र केभीसी ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा बेबी एन्जलले स्किब्सलाई ३२–२७ ले पराजित ग¥यो। बेबी एन्जलको जितमा यमन गिरीले १० अंक योगदान गरे। आरोनलाल श्रेष्ठको १२ अंक सहयोगमा केभीसीले पिपुल्स एकेडेमीलाई २५–१९ ले हरायो।
सिनियर ब्वाइजमै रेडियन्ट पब्लिकले ओएसिसलाई ५४–२८ तथा पुष्पसदनले बाल दीक्षा सदनलाई ५३–३५ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। रेडियन्टका नन्दन बस्नेतले १२ तथा पुष्पसदनका सम्राट लामाले २४ स्कोर गरे।
जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले पिपुल्सलाई २०–१३, केभीसीले नवीन ज्योतिलाई ११–७, विस्डमले कश्यपलाई १०–७ र ग्रिनफिल्डले सेबलाई २५–९ ले पन्छ्याउदै सेमिफाइनलमा पुगे। इबीएका प्रसिक श्रेष्ठले ७, केभीसीका शेरसाङ शेर्पाले ४, कश्यपका निरजले ४ र ग्रिनफिल्डका अजय मगरले ६ अंक बटुले।
सिनियर गल्र्समा नवीन ज्योतिले जेसिसलाई १४–९, रेडियन्ट पब्लिकले राराहिललाई २१–१२, स्वर्णिमले ज्ञानोदयलाई २५–९ र केभीसीले निःसर्ग वाटिकालाई १८–९ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे। नवीन ज्योतिकी मन्सुन पुरीले ९, रेडियन्टकी सोनु तामाङले ९, स्वर्णिमकी ओजस्वी बोहराले ८ र केभीसीकी सिमरन पाण्डेले ११ अंक जोडे।


