रेडियन्ट दोहोरो उपाधिनजिक


काठमाडौं। आयोजक रेडियन्ट पब्लिकको दुई टोली ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेको छ। रेडियन्ट पब्लिकको सिनियर ब्वाइज र सिनियर गल्र्स टोली फाइनलमा पुग्यो।

स्युचाटारस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको सेमिफाइनलमा रेडियन्ट पब्लिकले बेबी एन्जललाई ४९–२४ ले पराजित गर्दै पुष्पसदनसंग फाइनल भेट पक्का ग¥यो। रेडियन्टको जितमा सुगम राना मगरले १२ अंक योगदान गरे। अर्को सेमिफाइनलमा सम्राट लामाको १८ अंक सहयोगमा पुष्पसदनले केभीसीलाई ४६–३२ ले हरायो।

सिनियर गल्र्समा रेडियन्टले नवीन ज्योतिलाई १५–१३ ले पाखा लगायो। रेडियन्टकी सेजल रोक्काले ८ स्कोर गरिन्। रेडियन्टले उपाधिका लागि स्वर्णिमसंग खेल्ने छ। स्वर्णिमले केभीसीलाई ३२–१५ ले पन्छायो। स्वर्णिमकी नसाना श्रेष्ठले ८ अंक जोडिन्।

जुनियर ब्वाइजमा ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी (इबीए) ले उपाधि भिडन्त पक्का गरे। ग्रिनफिल्डले केभीसीलाई २६–७ तथा इबीएले विस्डमलाई २९–१६ ले पराजित गरे। ग्रिनफिल्डका किस्मत ढकालले १० तथा इबीएका प्रसिक श्रेष्ठले १४ स्कोर गरे। फाइनल बुधबार हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको