काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा चितवन राइनोजविरुद्ध विराटनगर किग्सले टस जितेको छ।
लगातार चौथो जितको खोजिमा रहेको विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेका छन्।
यता, दोस्रो जितको खोजिमा रहेको चितवनले पहिले ब्याटिङको निम्तो पाएको छ।
विराटनगरले यसअघिका तीनै खेलमा जित हासिल गरेको छ भने चितवन दुई खेलमा एक जित र एक हार ब्यहोरेको छ।
तपाईको प्रतिक्रिया !!!


