मार्वलस र इनोभेटिभ क्वाटरफाइनलमा


काठमाडाैँ। मार्वलस र इनोभेटिभ १४औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

मार्वलसले एसियन पब्लिकलाई ३३–३१ ले पराजित ग¥यो। मार्वलसको जितमा रोशन कुश्वाहले १० अंक योगदान गरे। फदिन्द्र सुनवारको ६ अंक सहयोगमा इनोभेटिभले श्रृजनशीललाई २१–१३ ले हरायो।

सिनियर ब्वाइजमै एभरेष्ट फ्लोरिडाले सुप्रिम इन्टरनेसनललाई ३८–१९, चैतन्यले स्पाङगललाई ३८–१६, सनसाइनले सुप्रिमलाई २२–१२ र हेम्सले सेवा सदनलाई ४९–२९ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। एभरेष्टका एलिश थापाले २८, चैतन्यका विप्लव भाटले ९, सनसाइनका विशाल खड्काले ९ र हेम्सका जोनस शाहले २१ स्कोर गरे।

जुनियर ब्वाइजमा अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) ले एसियन पब्लिकलाई २८–१६, स्पाङगलले चैतन्यलाई २१–१५, सनसाइनले अक्षरलाई २९–८ र काठमाडौं इङलिस स्कुल (केइएस) ले काठमाडौं जेभियर्स पब्लिक स्कुललाई ३०–१८ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए। एआईएका आदित्य बुढाले १४, स्पाङगलका विराज तिमल्सिनाले १३, सनसाइनका प्रशान्तले १३ र केइएसका विपुल भुजेलले १८ अंक जोडे।

सिनियर गल्र्समा सनसाइनले एसियन पब्लिकलाई १५–१२ तथा लिभरपुलले चैतन्यलाई १७–१० ले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरे। सनसाइनकी निलिमा मगर र जस्तिना कार्कीले समान ४–४ तथा लिभरपुलकी भूमिका लिम्बूले १० अंक जोडे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको