काठमाडौँ। लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई जितको लागि १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेटको क्षतिमा १४३ रन मात्रै बनाउन सक्यो।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३६ बलमा तीन चौका प्रहार गरे। त्यसअघि तेस्रो विकेटको लागि कप्तान रोहितकुमार पौडेल र दिलिप नाथले ५२ रनको साझेदारी गरेका थिए।
ओपनर डी आर्सी सर्टस् र सुमित महर्जनले समान १८ रन बनाए। १७औँ ओभरमा मात्रै लुम्बिनीले तीन विकेट गुमायो। दिलिप नाथ २९ बलमा ३१, गुलबदिन नाबी ९ बलमा ११ तथा रुबेन ट्रम्पबलन शून्य रनमा आउट भए।
यता, सुदूरको लागि अभिनाष बोहरा रहर्मित सिंहले तीन, हेमन्त धामी दुई, स्ट्रक कुइगिइएलीनले एक विकेट लिए।


