काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० मा आज पनि दुई खेल हुँदैछ।
त्रिविय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने दिनको पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमान्डू गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ। विराटनगर चार खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ।
चितवन चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ भने काठमान्डूले चार खेलबाट चार अंक जोडेको छ।


