काठमाडौँ। पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले लगातार दोस्रो खेलमा पहिलो बलमै आउट भएका छन्।
लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेका पोखराको लागि तेस्रो नम्बारमा ब्याटिङमा आएका भुर्तेल शेर मल्लको बलिङमा चौथो ओभरको अन्तिम बलमा एबीडब्लु धरापमा परे।
यसअघि उनि साविक विजेता जनकपुर वोल्ट्ससँग पनि पहिलो बलमै आउट भएका थिए। जारी प्रतियोगिताको सुरुआती दुई खेलमा अर्धशतक बनाएको भुर्तेलले ११२ रन बनाएका छन्।


