काठमाडौं। साफ महिला क्लब च्याम्पियनसिप आजदेखि काठमाडौँमा सुरु हुँदैछ।
प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसबीच खेल हुनेछ। दोस्रो खेलमा एपीएफ क्लबले नसरिन स्पोट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो खेल दिउँसो २ बजे तथा दोस्रो खेल साँझ ६ बजेदेखि सुरु हुने छ।
पुस ५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच देशका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगितामा नेपालबाट विभागीय टोली एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसीले प्रतिस्पर्धा गर्दै छन्।
विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन्।


