बार्सिलोनाको विजयी यात्रा जारी, टोरेजले ह्याट्रिक गरे


काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसमाथि शानदार जित हासिल गरेको छ।

बेटिसको घरेलु मैदानमा शुक्रबार राति सम्पन्न खेलमा बार्सिलोनाले बेटिसलाई ५-३ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा फेरान टोरेजले ह्याट्रिक गरे भने रुनी बार्डघाजी र लामीन यमलले एक एक गोल गरे। त्यस्तै रियल बेटिसका लागि एन्थोनी, डिएगो लियोरेन्ट र कुचो हर्नान्डेजले एक एक गोल गरे।

खेलमा सुरुआती अग्रता भने बेटिसले बनाएको थियो।

जितसँगै बार्सिलोनाले १६ खेलबाट ४० अंक पुर्याएर लिगको शीर्ष स्थानमा छ। पराजित बेटिसको १५ खेलमा २४ अंक छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको