काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघले १८औं राष्ट्रिय निर्माण दिवसको पूर्व सन्ध्यामा आयोजना गरेको एफक्यान रोड रेस-२०८२ को पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय पहिलोे भएका छन्।
आर्मी क्लबकै सञ्जय श्रेष्ठ दोस्रो हुँदा सशस्त्र प्रहरीका तयाहाङ्ग राई तेस्रो भएका छन्। पहिलो, दोस्रो तथा ते्स्रो हुनेले क्रमश, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन्। महिला खुल्ला १० किलोमिटर तर्फ त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने पहिलो, आर्मी क्लबकै निशा सार्की र राज्यलक्ष्मी रावल क्रमशः दोस्रो तथा तेस्रो भएका छन्।
पहिलो, दोस्रो तथा ते्स्रो हुनेले क्रमश, रु २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन्। कर्पोरेटतर्फ पुरुष ५ किलोमिटरमा रामचन्द्र श्रेष्ठ, राकेश महर्जन र सुशील कुमार श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन्। कर्पोरेटतर्फ महिला ५ किलोमिटरमा सोनु घतानी, नगीना महर्जन र रजीना दुलाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। यस विधा तर्फका विजेता पुरुष र महिला दुवैले क्रमशः १० हजार, ६ हजार र ४ हजार जितेका छन्। भेट्रान्स तर्फ पुरुष ५ किलोमिटरमा धर्म महर्जन, अभिनारायण अधिकारी र जापानका मिजुकी मात्सुजाकी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए।
भेट्रान्सतर्फ महिला ५ किलोमिटरमा कल्पना महर्जन, शर्मिला बस्नेत र चारु अर्याल क्रमशः पहिलो दोस्रो तेस्रो भइन। यस विधा तर्फका विजेता पुरुष र महिला दुवैले क्रमशः रु १० हजार, ६ हजार र ४ हजार जितेका छन्। विद्यार्थी (छात्र) तर्फ ५ किलोमिटरमा हस्तबहादुर सुनार, अजय वि.के र रञ्जित राउत क्रमश, पहिलो, दोस्रो र तेस्रो भए। छात्रा तर्फ ५ किलोमिटरमा भगवती खड्का, शर्मिल वि.के र आयुष्मा आचार्य क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। यसविधा तर्फका विजेता छात्र र छात्राले पनि क्रमशः रु १० हजार, ६ हजार र ४ हजार जितेका छन्।
१० किलोमिटर अन्तर्गत महासंघ सचिवालबाट शुरु भएको प्रतिपस्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तिनकुने, सिनामंगल, एयरपोर्ट, तिलगंगा अस्पताल हुँदै सोही रुटबाट पुन महासंघ सचिवालय फर्केर टुङ्गिएको थियो। ५ किलोमिटर अन्तर्गत महासंघ सचिवालबाट शुरु भएको प्रतिपस्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तिनकुने हुँदै सोही रुटबाट पुनः महासंघ सचिवालय आएर समाप्त भएको थियो। यसअघि महासंघ सचिवालयमा एफक्यान रोड रोस-२०८२ को उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले गर्नु भएको थियो। विजयी खेलाडीहरूलाई सचिव शर्मा सहित, महासंघका अध्यक्ष रवि सिंह, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे सहित महासंघका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूले नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो।
प्रतियोगिताका संयोजक समेत रहनु भएका महासंघका नीतिगत उपमहासचिव शिवहरि घिमिरेका अनुसार एफक्यान रोड रोस-२०८२ मा जापान, चीन र इटलीका खेलाडीहरूको समेत गरी कुल ४७१ जनाको सहभागिता रहेको थियो। हिमालय रनिङ क्लब टेक्निकल पार्टनर रहेको एफक्यान रोड रोस-२०८२ मा एभरेष्ट अस्पताल हस्पिटल पाटर्नर र हिमालय एभरेष्ट इन्स्युरेन्स कम्पनी इन्युरेन्स पार्टनर रहेको थियो। नेपाल निर्माण व्यवसायी महासंघले १८औं राष्ट्रिय निर्माण दिवसको अवसरमा मंसिर २२ गते विहान प्रभातफेरि तथा महासंघ सचिवालयमा रक्तदान कार्यक्रम सहित अन्य विविध सामाजिक कार्यक्रम समेत आयोजना गर्दैछ।


