प्रतियोगितामा लालमटियाको गोरखा आइडियल स्कुल टोलीले ५ स्वर्ण र ३ कास्य पदक जित्दै उपविजेता बन्न सफल भयो। त्यस्तै, डडेलधुरा जिल्लाको दुर्गा माध्यमिक विद्यालयले ३ स्वर्ण, २ रजत र ३ कास्य पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल ग¥यो।
दाङ भ्याली कलेज हाप्किडो डोजाङका प्रमुख प्रशिक्षक तथा प्रतियोगिताका संयोजक विशाल थापा, शुभ सन्देश शिक्षा सदनका प्रिन्सिपल थमन बस्नेत, नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगर, उपमहासचिव मोहमद समिर हल्वाई, केन्द्रीय सदस्य राजेन्द्र मडाई, प्रमुख प्रशिक्षक प्रविण गुरुङ र सहायक प्रमुख प्रशिक्षक सुदिप तामाङ लगायतको उपस्थितिमा विजेता खेलाडीहरूलाई प्रथम, द्वितीय तथा तृतीय स्थानका प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरे।
चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि पुरुषतर्फ डडेलधुरा जिल्लाको दुर्गा माध्यमिक विद्यालयका चन्द्र सारु मगरले हात पारे भने महिलातर्फ कास्की जिल्लाको महेन्द्र माध्यमिक विद्यालयकी मेग्मा गुरुङ उत्कृष्ट घोषित भइन्।
त्यसैगरी राइजिङ स्टार खेलाडी श्रेणीमा पुरुषतर्फ गोरखाको आइडियल स्कुल, लालमटियाका करलस खड्का र महिलातर्फ सगरमाथा स्कुल, गोग्लीकी ज्यास्लीन पौडेलले सम्मान प्राप्त गरे।
उत्कृष्ट रेफ्रीतर्फ पुरुषमा नुवाकोटका अमृत गुरुङ र महिलामा दाङकी एलिशा खड्का उत्कृष्ट बनेकी छन्। अनुशासन श्रेणीमा पुरुषतर्फ चितवनका धिरज पौडेल र महिलातर्फ रौतहटकी दिलु तामाङलाई सम्मान प्रदान गरिएको थियो। त्यसैगरी उत्कृष्ट स्कुल डोजाङको उपाधि दाङ भ्याली कलेज हाप्किडो डोजाङले प्राप्त ग¥यो। पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सातै प्रदेशका प्रतिनिधित्व गरेका १५४ विद्यालयका खेलाडीहरूले सहभागिता जनाएका थिए।


