काठमाडाैँ। आयोजक लिटल एन्जल्स (एलए) एलए स्पोर्ट्स मिट अन्तर्गत ब्वाइज फुटबलमा सोमबार च्याम्पियन बनेको छ।
एलएले फाइनलमा एटीएमलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित ग¥यो। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। एलएका देवराज कटुवाल उत्कृष्ट खेलाडी, एलएका अनुप खत्री सर्वाधिक स्कोरकर्ता र एटीएमका प्रज्ज्वल समाल उत्कृष्ट गोलरक्षक बने।
मिटअन्तर्गतनै बास्केटबलको ब्वाइजमा मनास्लु पहिलो भयो। मनास्लुले फाइनलमा ओमेगालाई ६६–४७ ले हरायो। गल्र्समा एलए च्याम्पियन बन्यो।
ब्वाइजमा मनास्लुका प्रदिम बोहरा तथा गल्र्समा एलएकी संस्कृति लामा ‘मोस्ट भेलुएबल’ घोषित भए। विजेतालाई फुटबलर एवं एलएका पूर्व विद्यार्थी जेलेस्पीजंग कार्की, बास्केटबलका सदीश प्रधान र एलएकी कर्पोरेट डाइरेक्टर श्रृष्टि लिम्बूले एक कार्यक्रमबीच पुरस्कृत गरे।


