केभीकेएसएस र नेक्सस विजयी


काठमाडाैँ। केभीकेएसएस र नेक्सस १९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार विजयी भएका छन्।

भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा केभीकेएसएसले वेदव्यासलाई १९–१३ तथा नेक्ससले ज्ञानसंस्कारलाई १६–११ ले पराजित गरे। सोही स्पर्धामा बागमतीले विद्या विकासलाई २५–२२ तथा फेरिल्यान्डले सत्यसाइलाई १८–१७ ले हराए।

सिनियर ब्वाइजमा टीआईएले रेडियन्ट रिडर्सलाई ४०–३५, भ्याली पब्लिक ‘बी’ ले सेन्ट लरेन्सलाई ३२–२१, हेराल्डले एसएचएलाई ४३–३७, ग्रिनल्यान्डले बेम्सलाई ४६–३६, ग्रिनफिल्डले एचएचसीएलाई २३–१७, न्युटनले किङडम हिमालयलाई ४७–३७ र हेम्सले हिमशिलालाई ३८–२४ ले पाखा लगाए।
जुनियर ब्वाइजमा गोल्डेनपिकले फेरिल्यान्डलाई २३–१८ तथा किङडम हिमालयले सेन्ट जोसेफलाई २६–१७ ले पन्छाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको