युनाइटेडको फराकिलो जित


काठमाडौँ। इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले उल्भ्समाथि सानदार जित हासिल गरेको छ।

सोमाबार राति उल्भ्सको घरेलु मैदानमा सम्पन्न खेलमा युनाइटेडले उल्भ्सलाई ४-१ ले पराजित गरेको हो।

युनाइटेडको जितमा ब्रुनो फर्नानडेजले २ गोल गरे भने ब्रायन एम्बेउमो र मासन माउन्टले एक एक गोल गरे। त्यसैगरी उल्भ्सका लागि एक गोल जीन रिसनर बेल्लेगार्डले गरे।

जितसँगै युनाइटेडले १५ खेलबाट २५ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। पराजित उल्भ्सको १५ खेलबाट २ अंकसहित अंकतालिकाको पुछारमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको