काठमाडाैँ। काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो काष्ठमण्डप कप बुधबारदेखि सुरु भएको छ। प्रतियोगिताको आयोजक काष्ठमण्डपकी संस्थापक तथा निर्देशक डा. शिवा थापाले एक कार्यक्रमबीच उद्घाटन गरिन्।
फुटसलको सिनियर ब्वाइजमा मातृभूमिले काठमाडौं मेरिडियनलाई २–१ तथा काष्ठमण्डप ‘बी’ ले काठमाडौं मेरिडियनलाई २–० ले पराजित गरे। जुनियर ब्वाइजमा मातृभूमिले अनमोल ज्योतिलाई ३–२ तथा लिटिल वन्डरले अनमोल ज्योतिलाई ३–२ ले हराए। सिनियर गल्र्समा ग्यालेक्सी पब्लिकले न्यु मिलिनियमलाई ४–१ गोलले पाखा लगायो।
बास्केटबलको ब्वाइजमा टीआईएले मातृभूमिलाई ४६–३५, कान्तिपुरले आध्ययनलाई ३२–१० र मल्पी सिटीले काष्ठमण्डप ‘ए’ लाई २४–१४ ले पराजित गरे। गल्र्समा काष्ठमण्डप ‘ए’ ले मातृभूमिलाई १२–११, काठमाडौं मेरिडियनले लिटिल वन्डर १२–४ र द एक्सेल्सियर स्कुलले संस्कृति इन्टरनेसनललाई १८–८ ले हराए।


