काठमाडाैँ। न्युटन प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।
जिल्ला प्याब्सन, काठमाडौंको आयोजनामा भइरहेको प्रतियोगितामा न्युटनले स्किब्सलाई ३०–२२ ले पराजित ग¥यो । न्युटनका युनिक कार्कीले १० अंक जोडे।
हिमरश्मिमा भएको अन्य क्वाटरफाइनलमा केभीसीले एन्जल्स हार्टलाई ३३–२२, टीआईएले हेम्सलाई ४७–२८ तथा रेडियन्टले मेगसलाई २८–२२ ले हराउँदै सेमिफाइनलमा पुगे।
केभीसीका समर्पणले १५, टीआईएका रोशन नगरकोटीले २१ र रेडियन्टका रिपेक्सले ९ स्कोर गरे। सेमिफाइनलमा रेडियन्टको भेट केभीसीसंग हुनेछ भने न्युटनले टीआईएको सामना गर्ने छ।


