काठमाडौँ। युइएफए च्याम्पियन्स लिगमा आर्सनल यस सिजनमा अपराजित रहेको छ।
बुधबार राति सम्पन्न खेलमा आर्सनलले क्लब ब्रुगेलाई ३-० गोल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो।
आर्सनलको जितमा नोनी माडुइकेले २, गाब्रियल मार्टिनेलीले एक गोल गरे।
जितसँगै आर्सनलको ६ खेलमा १८ अंकसहित शीर्ष स्थानमा छ। ब्रुगेको भने ६ खेलमा ४ अंकसहित ३१औं स्थानमा झरेको छ।
तपाईको प्रतिक्रिया !!!


