इस्ट बंगालको लगातार दोस्रो जित


काठमाडौँ। भारतको इस्ट बंगाल एफसीले काठमाडौँमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गरेको गरेको छ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बिहिवार सम्पन्न खेलमा इस्ट बंगालले पाकिस्तानको कराँची सिटी एफसीलाई २-० ले पराजित गरेको हो।

बंगालको जितमा सुलन्जना राउल र रेस्ती नान्जीरिले गोल गरिन्।

खेलको पाँचौ मिनेटमा सुलन्जना राउलले अग्रता दिलाइन्। ४७औँ मिनेटमा रेस्ती नान्जीरिले अग्रतालाई दोब्बर बनाएकी थिइन्।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको बंगाल शीर्ष स्थानमा उक्लिएको छ। पराजित कराँचीले भने तीन खेलबाट दुई रहेको छ। कराँची यसअघिका दुई खेलमा बराबरीमा रोकिएको थियो भने बंगालले भुटानको क्लबलाई ४-० ले पराजित गरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको