भ्याली पब्लिकको तीन टोली क्वाटरफाइनल


काठमाडाैँ। आयोजक भ्याली पब्लिकको ३ टोली १९औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

भ्याली पब्लिकको गल्र्सको २ तथा सिनियर ब्वाइजको १ टोली क्वाटरफाइनलमा पुगेका हुन्। भंगालस्थित घरेलु कोर्टमा भएको गल्र्सको प्रतिस्पर्धामा भ्याली पब्लिक ‘बी’ ले सत्यसाइलाई २१–२० को झीनोअन्तरले पराजित ग¥यो। जितमा सानीमाया तामाङले १० अंक योगदान गरिन्। दृष्य गुरुङको १० अंक सहयोगमा भ्याली पब्लिक ‘ए’ ले क्यान्भासलाई २५–१७ ले हरायो।

सिनियर ब्वइजमा भ्याली पब्लिकले हिमशिलालाई ६७–५० ले पाखा लगायो। विजेताका अशोक विश्वकर्माले ३१ स्कोर गरे। सोही स्पर्धामा बागमतीले स्कोलर्स होमलाई ४९–३८ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनायो। बागमतीका आर्यन श्रेष्ठले २१ अंक जोडे।

सिनियर गल्र्सको अन्य खेलमा त्रिज्योतिले वेदव्यासलाई २५–१६ तथा बागमतीले एन्जल्स हार्ट नेसनल स्कुललाई १९–११ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। त्रिज्योतिकी प्रिस्ना तामाङले १० तथा बागमतीकी डिकी शेर्पाले ९ अंक जोडे।

जुनियर ब्वाइजमा भने भ्याली पब्लिक चुक्यो। पारामाउन्ट एकेडेमीले भ्याली पब्लिकमाथि २१–१५ को जित दर्ता गर्दै क्वाटरफाइनल यात्रा तय ग¥यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको