इबीए र न्युटन क्वाटरफाइनलमा

काठमाडौँ। इडेन ब्रिज एकेडेमी ९इबीए० र न्युटन १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

इबीएले फेरिल्यान्डलाई ३०–२१ ले पराजित ग¥यो। इबीएको जितमा दिगविजय पुरीले १३ अंक योगदान गरे । दिवस मगरको १६ अंक सहयोगमा न्युटनले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ३१–२२ ले हरायो।

भंगालस्थित भ्याली पब्लिकको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमै ग्रिनफिल्ड नेसनल स्कुलले सेबलाई १९–१६ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो।

सिनियर ब्वाइजमा जेबी स्कुलले हेराल्डलाई ३१–२६, टीआईएले किङडमलाई ४३–३५ र जिनियस वल्र्डले डा. मेमोरियललाई ५३–३८ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए । जेबीका नरेश बोहराले १५, टीआईएका रोशन नगरकोटीले २२ र जिनियसका राजीवले १८ स्कोर गरे।

सिनियर गल्र्समा न्युटनले जेबीलाई २९–१८, साम्तेनले सेबलाई २५–१३ र केभीकेएसएसले हिमशिलालाई २९–१२ ले निराश पार्दै क्वाटरफाइनल यात्रा तय गरे। न्युटनकी इरिनी राणाले ११, साम्तेनकी अनुषा तामाङले ७ र केभीकेएसएसकी खुशी मिटोकले ११ अंक जोडे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको