काठमाडौँ। आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले टीआईएलाई २५–६ ले पराजित ग¥यो। इम्पिरियल वल्र्ड स्कुलले लिटिल वन्डरलाई १२–६ ले हराउदै क्वाटरफाइनलमा पुग्यो। समूह चरणको अर्को खेलमा दीक्षालयले काष्ठमण्डप ‘बी’ लाई २४–८ ले पाखा लगायो।
ब्वाइजमा बूढानीलकण्ठले रिलायन्स को–एडलाई ४७–२६ तथा कान्तिपुरले काष्ठमण्डप ‘बी’ लाई २१–७ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए।
फुटसल :
फुटसलको जुनियर ब्वाइजमा ग्यालेक्सी पब्लिक स्कुलले इम्पिरियल वल्र्डलाई २–० गोलले पराजित ग¥यो । ग्यालेक्सी र काठमाडौं प्रज्ञाकुञ्जले १–१ तथा इम्पिरियल र प्रज्ञाकुञ्जले गोलरहित बराबरी खेले।
गल्र्समा न्यु मिलिनियमले काष्ठमण्डप ‘ए’ लाई २–१, रातो बंगलाले न्यु मिलिनियमलाई ५–०, एभीएमले पुष्पपाञ्जलीलाई १–० र एभीएमले काष्ठमण्डप ‘बी’ लाई ४–० गोलले हराए । रातो बंगला र ग्यालेक्सीले गोलरहित बराबरी खेले। सिनियर ब्वाइजमा काष्ठमण्डप ‘ए’ ले ग्यालेक्सीलाई ४–१ गोलअन्तरले पाखा लगायो।
