काठमाडौं। लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्ट १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा एलएनएले पारामाउन्ट एकेडेमीलाई ३१–२३ ले पराजित ग¥यो। एलएनएका अन्वेश पुलामीले ९ अंक जोडे। एन्जल्स हार्टले न्युटनलाई ३५–२६ ले हरायो। विजेताका रेहान क्षेत्रीले ८ स्कोर गरे।
जुनियर ब्वाइजमै गोल्डेनपिकले ग्रिनफिल्डलाई ३५–२५ ले पाखा लगाउदै सेमिफाइनलमा पुग्यो। गोल्डेनपिकका अग्रज राईले ११ अंक बटुले। सिनियर ब्वाइजमा न्युटनले बागमतीलाई ५४–३९, आयोजक भ्याली पब्लिकले क्यान्भासलाई ४८–३५, टीआईएले जेबी स्कुललाई ५२–४२ र हेम्सले जिनियस वल्र्डलाई ४४–३२ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे। न्युटनका उज्ज्वल श्रेष्ठले २१, भ्याली पब्लिकका अशोक विकले १८, टीआईएका रोशन नगरकोटीले १३ र हेम्सका जोनस शाहले १५ अंक जोडे।
सिनियर गल्र्समा केभीकेएसएसले त्रिज्योतिलाई १६–६, फेरिल्यान्डले साम्तेनलाई ३९–२८, भ्याली पब्लिक ‘ए’ ले बागमतीलाई ४१–३२ र न्युटनले भ्याली पब्लिक ‘बी’ लाई ३१–२२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे। केभीकेएसएसकी रोजी श्रेष्ठले ७, फेरिल्यान्डकी सन्दिपा राईले १५, भ्याली पब्लिक ‘ए’ की लोरिशा गौचनले १९ र न्युटनकी इरिनी राणाले ९ स्कोर गरे।


