भ्याली पब्लिक र न्युटन फाइनलमा


काठमाडाैँ। आयोजक भ्याली पब्लिक र न्युटन १९औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेका छन्।

भंगालस्थित घरेलु कोर्टमा भ्याली पब्लिकले फेरिल्यान्डलाई ३३–२३ ले पराजित ग¥यो। भ्याली पब्लिककी लोरिशा गौचनले १३ अंक जोडिन्। न्युटनले केभीकेएसएसलाई २६–२२ ले हरायो । न्युटनकी दिपसइना ठकुरीले १६ स्कोर गरिन्।

सिनियर ब्वाइजमा न्युटनले भ्याली पब्लिकलाई ६०–५६ तथा टीआईएले हेम्सलाई ६७–५७ ले पाखा लगाउदै फाइनल भेट पक्का गरे। न्युटनका उज्ज्वल श्रेष्ठले २० तथा टीआईएका रोशन नगरकोटीले २८ अंक जोडे।

जुनियर ब्वाइजमा गोल्डेनपिकले लालीगुराँस नेसनल एकेडेमीलाई ३६–२६ तथा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमीलाई २६–२० ले पन्छ्याउदै फाइनल यात्रा तय गरे । गोल्डेनपिकका अग्रज शेर्पाले १६ तथा एन्जल्स हार्टका रिहान क्षेत्रीले ७ अंक बटुले। फाइनल सोमबार हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको