नेपालगन्ज ११ स्पोर्ट्सले जित्यो ‘सी’ डिभिजन छनोटको उपाधि


काठमाडौँ। सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटको उपाधि नेपालगञ्ज ११ स्पोर्ट्स क्लबले जितेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न फाइनल खेलमा नेपालगञ्ज ११ स्पोर्ट्स क्लबले सिन्धुपाल्चोक एफसीलाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हो।

३७औँ मिनेटमा नेपालगञ्ज ११ स्पोर्ट्स क्लबका लागि सबिन राईले पहिलो गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफमा ६४औँ मिनेटमा रोशेस श्रेष्ठले दोस्रो गोल थपे।

फाइनल प्रवेश गरेका दुवै टोलिले ‘सी’ डिभिजन लिगमा बढुवा भइसकेका छन्। सेमिफाइनलमा सिन्धुपाल्चोकले शिव शक्ति युवा क्लबलाई ४-२ गोलले हराएपछि छनोट भएको थियो भने मसुरिया फुटबल एकाडेमिविरुद्ध १-० गोलको जित निकाल्दै नेपालगञ्जपनि छनोट भएको हो।

नेपालगन्ज समूह ‘ए’ बाट फाइनलसम्म पुगेको हो भने सिन्धुपाल्चोक समूह ‘जे’ मा रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको