टीआईए र मल्पी सिटी सेमिफाइनलमा


काठमाडाैँ। टीआईए र मल्पी सिटी तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भइरहेको प्रतियोगितामा टीआईएले काष्ठमण्डप ‘बी’ लाई २८–१२ ले पराजित ग¥यो। मल्पी सिटीले रिलायन्स को–एडलाई ५७–२८ ले हरायो। ब्वाइजमै बूढानीलकण्ठले काष्ठमण्डप ‘ए’ लाई २०–१५ तथा मातृभूमिले कान्तिपुरलाई ४०–१० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

गल्र्समा दीक्षालयले काठमाडौं मेरिडियनलाई २०–७, मातृभूमिले एक्सेल्सियरलाई १३–१० र इम्पेरियल वल्र्डले काष्ठमण्डप ‘बी’ लाई १३–८ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए। काष्ठमण्डप ‘ए’ ले यसअघिनै सेमिफाइनलमा पुगिसकेको छ।

फुटसल
फुटसलको गल्र्समा रातो बंगलाले वेदव्यासलाई ३–१ (टाइब्रेकर) तथा एभीएमले ग्यालेक्सी पब्लिक स्कुललाई १–० ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरे।
सिनियर ब्वाइजमा वेदव्यासले काष्ठमण्डप ‘ए’ लाई १–० ले हराउदै फाइनलमा पुग्यो। उपाधिका लागि वेदव्यासले एक्सेल्सियर र मातृभूमिबीचको विजेतासंग खेल्ने छ।

जुनियर ब्वाइजमा एक्सेल्सियरले मातृभूमिलाई ५–१, पुष्पाञ्जलीले लिटिल वन्डरलाई २–०, काठमाडौं प्रज्ञाकुञ्जले काष्ठमण्डप ‘ए’ लाई २–० र विद्यावाणीले ग्यालेक्सीलाई १–० ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको