काठमाडाैँ। आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ र दीक्षालय तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन्।
मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले इम्पेरियल वल्र्डलाई ३३–७ तथा दीक्षालयले मातृभूमिलाई १९–१३ ले पराजित गरे। ब्वाइजमा टीआईएले बूढानीलकण्ठलाई ४४–२० तथा मातृभूमिले मल्पी सिटीलाई ६०–३७ ले हराउदै उपाधि भिडन्त पक्का गरे।
फुटसल: मातृभूमि फाइनलमा
फुटसलको सिनियर ब्वाइजमा मातृभूमि फाइनलमा पुगेको छ। दोश्रो तथा अन्तिम सेमिफाइनलमा मातृभूमिले द एक्सेल्सियर स्कुललाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो। निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो। फाइनलमा मातृभूमिको भेट वेदव्याससंग हुनेछ।
जुनियर ब्वाइजमा काष्ठमण्डप ‘ए’ र विद्यावाणी पाठशाला फाइनलमा पुगे। काष्ठमण्डप ‘ए’ ले पुष्पाञ्जलीलाई ३–० तथा विद्यावाणीले एक्सेल्सियरलाई १–० गोलले हराए। सिनियर गल्र्समा रातो बंगला र एभीएम उपाधिका लागि भिड्ने छन्।


