चेल्सी वल्र्डको दोहोरो जित


काठमाडाैँ। चेल्सी वल्र्ड स्कुलले दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ। चेल्सीले दुवै सफलता गल्र्समा हात पा¥यो।

पहिलो खेलमा चेल्सीले केएमसीलाई ३२–१८ ले पराजित ग¥यो। चेल्सीको जितमा तेन्जिङ कुसाङ शेर्पाले १४ अंक योगदान गरिन्। अर्को खेलमा तेन्जिङकै २० अंक सहयोगमा चेल्सीले बौद्ध चिल्ड्रेन हेभेन स्कुललाई ३४–२७ ले हरायो।

गल्र्समै बौद्ध चिल्ड्रेनले बौद्ध इन्टरनेसनल स्कुललाई ४१–१७ ले पाखा लगायो। विजेताकी जस्मिनले ८ स्कोर गरिन्। ब्वाइजमा आयोजक मातृभूमि ‘बी’ ले बौद्ध इन्टरनेसनललाई ५५–४५ तथा काठमाडौं वल्र्ड स्कुलले प्यारागन पब्लिक स्कुललाई ४२–२३ ले पन्छाए। मातृभूमि ‘बी’ का प्रयास ढकालले १८ तथा काठमाडौं वल्र्डका खैङ लिनले १४ अंक बटुले।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको