काठमाडाैँ। इनोभेटिभ इङलिस स्कुल दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ।
इनाभेटिभले जेम्सलाई ३३–३१ को साँघुरोअन्तरले पराजित ग¥यो। इनोभेटिभका रिजन खनालले १० अंक जोडे। ब्वाइजकै अर्को खेलमा यसअघि नै सेमिफाइनलमा पुगिसकेको आयोजक मातृभूमि स्कुल ‘ए’ ले प्यारागनलाई ४६–२४ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो। मातृभूमिका सक्षम महर्जनले १६ स्कोर गरे।
सेमिफाइनलमा मातृभूमि ‘ए’ को भेट इनोभेटिभसंग हुनेछ। अर्को सेमिफाइनलमा मातृभूमि ‘बी’ ले काठमाडौं वल्र्ड स्कुलसंग प्रतिस्पर्धा गर्ने छ। गल्र्समा बिहीबारै सेमिफाइनल समीकरण तयार भइसकेको छ। सेमिफाइनल काष्ठमण्डप र बौद्ध चिल्ड्रन हेभेन स्कुल तथा मातृभूमि र चेल्सी वल्र्ड स्कुलबीच हुनेछ।


