काठमाडौँ। बोलाग्रालाई हराउँदै नेपोलीले इटालियन सुपर कपको उपाधि जितेको छ।
सोमबार राति सम्पन्न खेलमा नेपोलीले बोलोग्नालाई २–० ले पराजित गर्दै इटालियन सुपरकप जितेको हो।
नेपोलीको जितमा ब्राजिली विन्गर डाभिड नेभिसले दुवै गोल गरे। उनले ३९औं मिनेटमा गोलको खाता खोले। ५७औं मिनेटमा दोस्रो गोल गरे। नेपोलीले इटालियन सुपरकप जितेको भने यो तेस्रो पल्ट हो। उसले यसअघि यो उपाधि सन् १९९० र २०१४ मा जितेको थियो।


