केएमसी बास्केटबलको तयारी पूरा


काठमाडौं। केएमसी स्कुलको आयोजनामा पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा ३ विधामा ३६ टिमको सहभागिता रहने केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले जनाएका छन्। सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १२ र सिनियर गल्र्समा ८ टिमले भाग लिने छन्।

सिनियर÷जुनियर ब्वाइजलाई ४ तथा सिनियर गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ। सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा कश्यप र सिनियर गल्र्समा रिब्स डिफेन्डिङ च्याम्पियन हुन्। माघ ३ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजककै कोर्ट खेलाइने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको