काठमाडौँ। म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लेको छ। शुक्रबार राति न्युकासल युनाइटेडलाई १–० ले हराएसँगै युनाइटेड अंक तालिकामा सुधार गरेको हो छ।
खेलको एक मात्र गोल डेनिस प्याट्रिक डोरगुले २४ औं मिनेटमा गरे। यो युनाइटेडका लागि उनको पहिलो गोल पनि रह्यो। जितपछि युनाइटेड १८ खेलबाट २९ अंक भएको छ।
चौथो स्थानमा रहेको चेल्सीसँग अंकमा बराबरी हो। न्युकासल भने २३ अंकमा ११ औं स्थानमा रह्यो।


