न्यु डायमन्डको विजयी सुरुआत


काठमाडौं। न्यु डायमन्ड स्पोर्ट्स एकेडेमीले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

योसँगै समूह ‘ए’ मा रहेको न्यु डाइमन्डले ३ अंक हात पारेको छ। यो समूहमा त्रिभुवन आर्मीको पनि समान ३ अंक छ। आर्मीले पनि एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पाखा लगाएको थियो।

घरेलु भलिबलमा लामो समय आफ्नो दबदबा कायम राख्दै आएको न्यु डायमन्डले चुलीलाई कुनै सेटमा हाबी हुन दिए।

पहिलो सेट २५–१० ले जितेको न्यु डाइमन्डले अर्को सेट २५–५ ले सहजै आफ्नो पार्‍यो। तेस्रो सेटमा भने चुलीले केही प्रतिस्पर्धात्मक खेल देखाए पनि २५–१५ ले गुमाउन पुग्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको