रोनाल्डो चम्किँदा अल नासरको लगातार १०औं जित


काठमाडौं। क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि अल–नासरले साउदी प्रो–लिगमा अल–अखदूदमाथि ३–० को सहज जित निकालेको छ।

अल–अव्वाल पार्कमा भएको खेलमा जोआओ फेलिक्सले एक गोल थपे। योसँगै अल–नासरले लिगमा शतप्रतिशत जितको कीर्तिमान कायम गरेको छ।

रोनाल्डोले पहिलो हाफमै दुई गोल गर्दै टोलीलाई बलियो सुरुआत दिलाए। दोस्रो हाफको इन्जुरी समयमा फेलिक्सले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे। यस जितसँगै अल–नासरले लिगका लगातार १० खेल जित्दै नयाँ कीर्तिमान बनाएको छ।

लिगमा १० खेलबाट ३० अंक जोडेको अल–नासर तालिकाको शीर्ष स्थानमा मजबुत रूपमा रहेको छ। टोली दोस्रो स्थानमा रहेको अल–हिलालभन्दा चार अंकले अघि छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको