एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण


काठमाडौं, पुस २१ गते । एथलेटिक्स परिवार, नेपालको संयोजनमा गत महिना मित्रराष्ट्र भारतको रांचीमा सम्पन्न साफ एथलेटिक्स च्याम्पियनसिपमा नेपालको लागि पदकसहित राष्ट्रिय कीर्तिमान कायम गर्ने र उदयीमान एथलेटिक्स खेलाडीलाई युवा तथा खेलकुद मन्त्री बव्लु गुप्ताले प्रोत्साहन स्वरुप बेलायतमा रहेको नेपाल रन युकेबाट प्राप्त खेल सामग्री प्रदान गर्नु भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित कार्यक्रममा मन्त्री गुप्ताले ५,००० मि. र १०,००० मि दौडमा २ वटा कांश्य पदक र नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडी धादिङकी सन्तोषी श्रेष्ठ , लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने आर्मीका सलिम देवान, नेपाल प्रहरीकी सीमाकुमारी चौधरीसहित उदयीमान खेलाडीहरु आर्मीका पूर्णलक्ष्मी न्यौपाने र निसा कार्की, गण्डकी प्रदेशकी नारायणी भण्डारी र बागमती प्रदेशकी मिङमार सिंह तामाङलाई खेल सामग्री प्रदान गरिएको एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको