काठमाडाैं। रियल मड्रिडले घरेलु मैदानमा लेभान्टेमाथि २–० को सहज जित हात पारेको छ। दोस्रो हाफमा किलियन एम्बाप्पे र राउल एसेन्सियोको गोलमा मड्रिड विजयी भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मड्रिडले ५८औँ मिनेटमा अग्रता लियो। एम्बाप्पेमाथि पेनाल्टी क्षेत्रमा फाउल भएपछि उनले आफैं पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए।
त्यसपछि ६५औँ मिनेटमा आर्डा गुलरको कर्नर क्रसमा राउल एसेन्सियोले हेडरमार्फत गोल गर्दै मड्रिडको अग्रता दोब्बर बनाए।
खेलभरि मड्रिडले लगातार दबाब बनाए पनि लेभान्टेका गोलकिपर म्याथ्यु रायनले थुप्रै उत्कृष्ट बचाउ गर्दै स्कोर थप बढ्न दिएनन्। जितसँगै रियलले २० खेलबाट ४८ अंक बनाएकाे छ। एक खेल कम खेलेकाे बार्सिलाेना ४९ अंकसहित शीर्ष स्थानमा छ।


