काठमाडाैं। अन्तर्राष्ट्रिय रेफ्रीद्वय भीम विश्वकर्मा र काजल श्रेष्ठ डब्लुटी स्टेन्डिङ आईआर सेलेक्सन तथा ट्रेनिङ क्याम्प (एसिया÷ओसिएना) मा सहभागी हुन आइतबार काजाकिस्तानको अस्ताना प्रस्थान गरेका छन्।
कार्यक्रम जनवरी २६ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ। यो क्याम्प अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा निर्णायकको रूपमा सहभागी हुन महत्वपूर्ण चरण भएको काठमाडौं जिल्ला तेक्वान्दो संघका सदस्य सरोज तामाङले जनाएका छन्।
काजल १३औँ दक्षिण एशियाली खेलकुदकी स्वर्ण पदक विजेता हुन्। उनीहरूलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङलगायतले एक कार्यक्रमबीच बिदाइ गरेका थिए।


