काठमाडाैं। आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल ‘ए’ र भ्याली पब्लिक सिमोन स्मृति दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
डिफेन्डिङ च्याम्पियन फेरिल्यान्ड ‘ए’ ले न्युटनलाई २२–१६ ले पराजित ग¥यो। विजयी टिमका लागि करुणा बोगटीले ८ अंक जोडिन्। भ्याली पब्लिकले फेरिल्यान्ड ‘बी’ लाई १८–१५ ले हरायो। भ्याली पब्लिककी सोनी तामाङले ५ स्कोर गरिन्।
जुनियर ब्वाइजमा जेबी स्कुल र एन्जल्स हार्ट उपाधिका लागि भिड्ने छन्। जेबीले फेरिल्यान्डलाई १९–१६ ले पाखा लगायो। जेबीका आरोन कार्कीले ५ अंक बटुले। एन्जल्स हार्टले ज्ञानभूमिको चुनौती २०–१५ ले पन्छायो। एन्जल्स हार्टका अश्विन जुग्जालीले ५ अंक जोडे। प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ।


